विदेशमा सेवा गरी पेन्सन पाइरहेकाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने

0

गैँडाकोट, मंसिर २४ । अव देखि विदेशमा सेवा गरी पेन्सन पाएकाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सरकाले सामाजिक सुरक्षा ऐन २०७५ ल्याएर उक्त बाटो खुला गरेको हो । अध्यायदेश बाट आएको एने अनुसार सामाजिक सुरक्षा ऐन २०७५ बाट भत्ता पाउन छुटेकाहरुलाई भत्ता प्रदान गरिने छ ।
मन्त्रिपरिषदको हालै बसेका बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता सञ्चार मन्त्री पार्वत गुरुङले अध्यादेशका विशेषता जानकारी गराउनुभएको हो ।
अध्यादेशबाट विगतमा भत्ता पाएका तर २०७५ सालको ऐन जारी भएपछि भत्ताबाट बञ्चित भएका अपांग, एकल महिला र विदेशमा सेवा गरेर पेन्सन पाइरहेकाहरुलाई पनि भत्ता दिने बाटो खुलेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

त्यसैगरी बंगलादेश सरकारबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृति दिइएको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषदले यातायात रुट इजाजत नवीकरणको म्याद नाघेर लागेको जरिवाना मिनाहा गर्ने र बहुवर्षीय ठेक्का मापदण्ड संशोधन गरेर ठेक्काको म्याद थप्ने र वागमती प्रदेशका ५ वटा अस्पतालहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको मन्त्री गुरुङले बताउनुभयो ।

 

 

Share.

Leave A Reply