सबैको ऐक्यवद्धताले सदाचार युक्त समाज निर्माण हुने

0

माया कंडेल, गैंडाकोट , मंसिर २४ । बागेश्वरी असल शासन क्लब नवलपुरले अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा सुशासन र सदाचारका लागि छलफल कार्यक्रम गरेको छ । छलफल कार्यक्रममा बोल्दै सहभागीले आफू भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताएका छन् । सबैको ऐक्यवद्धताले सदाचार युक्त समाज निर्माण हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम गैंडाकोट वाड नम्वर ८ का अध्यक्ष डिलाराम रिजालले भ्रष्ट्रचार मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । ६० बर्षको उमेरसम्म आफूले कुनै किसिमको भष्ट्राचार नगरेको र आगामी दिनमा पनि नगर्ने बताउनुभयो । स्थानीय निकायमा धेरै विभागहरू रहेको र प्रायः विभागहरूको सेवा लिन सर्वसाधारणहरुलाई समस्या भईरहेको गुनासो आएको उहाँको भनाई थियो। यसलाई निरुत्साहित गर्न वागेशरी असल शासन क्लव र मिडियाले महत्वपूर्ण भूमिका निभाउन उहाँको आग्रह थियो ।

कार्यक्रममा बोल्दै जनप्रतिनिधि सदस्य नरबहादुर थापा मगरले भष्ट्राचार नगर्ने र गरेको थाहा पाए आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै समाजसेवी रामलाल पराजुलीले आफूले भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएको र भष्ट्राचार नगर्नेे प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा जय महादेव टोल बिकास समितिका अध्यक्ष काशिराम सापकोटाले बितेका आफ्नो जीवन पनि समाज सेवाको साथै भ्रष्टाचार विरुद्ध मै बितेकाले अबका दिन पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बासका केन्द्रिय सदस्य यदुनाथ सिग्देलले देश बिकासको मुख्य बाधक भ्रष्टाचार भएकोले भ्रष्टाचार विरुद्ध लाग्न आव्हान गर्नुभयो ।
बास नवलपुरका अध्यक्ष वेदप्रसाद काफ्लेले सदाचारयुक्त समाज निर्माणमा सबै एकजुट बन्न आग्रह गर्नुभएको छ । कार्यक्रममा उपाध्यक्ष राजेन्द्र पौडेलले सहभागिहरुलाई स्वागत गर्दै बागेश्वरी असल शासनले भष्ट्राचार विरुद्ध कार्यक्रम गरेको र सुसासनयुक्त समाज निर्माण गर्न आफ्नो स्थानबाट सकेको भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममको सहजीकरण गर्दै सचिव तेजेन्द्र रानामगरले बासले पहिले पनि बिभिन्न कार्यक्रम गर्दै नागरिकमा सचेतना फैलाएको बताउनुभयो । यसरी नै कार्यक्रम गर्दै जाने उहाँको भनाई छ ।

Share.

Leave A Reply