कोपिलाको ‘बित्यो जोबन’

0


चितवन । चितवनकी चेली टीका शर्मा ‘कोपिला’ को ‘बित्यो जोबन’ गीत सार्वजनिक भएको छ ।

बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाउनुभएकी उहाँ हाल रोजगारीका क्रममा जापानमा हुनुहुन्छ । सानै देखि स्कूल तथा एफएम रेडियोमा गीत गाउने उहाँले चितवन नवलपुरका विभिन्न स्थानमा भएका गीत प्रतियोगितामा विशेष चर्चा बटुल्दै पुरस्कार समेत हात पार्न सफल हुनुभएको छ । उहाँ बाग्लुङे बबाल समूहकी प्रमुख गायिका समेत हुनुहुन्छ ।
रोजगारीको शिलशिलामा परदेशमा रहे पनि आफ्नो देश र संस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक लोक दोहोरी गीत गाउन चाहना बढेको उहाँले बताउनुभयो । गीतले निम्न एवं मध्यम वर्गीय परिवारको संघर्षशील जीवनको विषय बोकेको छ ।

उहाँको यो पहिलो लोकदोहोरी गीत हो । गीतमा पुरुष गायनमा सुर्य खड्काले साथ दिनुभएको छ । गीतमा शब्द सिता पंगेनी तथा लय गायक खड्काको रहेको छ । गीत सुर्य खड्का युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

Share.

Leave A Reply