बन्यजन्तुका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरी बनाउदै

0

डोलराज रानाभाट, चितवन, मंसिर २३ । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुका लागि नयाँ घाँसे मैदान तथा पुराना घाँसे मैदानको व्यवस्थापन गर्ने भएको छ भने पोखरी निर्माण तथा मर्मत सुरु भएको छ ।

साँढे ३ करोडको लागतमा नयाँ घाँसे मैदान र थप १ करोड बजेटमा भएका घाँसे मैदानको व्यवस्थापन गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

घाँसे मैदानको अभावमा बन्यजन्तुहरु बस्तीमा पस्ने र मानवीय क्षती सहित कृषकका वालीनाली नोक्सान गर्ने हुँदा भित्रनै पर्याप्त घाँसको व्यवस्था गर्ने योजना रहेको हो । उहाँका अनुसार साँढे ३ करोडको लागतमा ७ सय हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गर्ने बजेट भएपनि सोही बजेटमा क्षेत्रफल बढाएर ९ सय हेक्टर गराइ टेण्डर आह्वान गरिएको र आज अन्तिम दिन भएको बताउनुभयो । भोलि नै सम्झौता थालेर काम चाँडै सुरु गर्ने बरालले जानकारी दिनुभयो ।

निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले पुराना घाँसे मैदान तर अहिले सिमल, जामुन, क्यामुनले हुर्किन नपाएर बन बनेका ठाउँमै घाँसे मैदान बनाउने बताउनुभयो । घाँसे मैदानसँगै पोखरी निर्माण पनि सुरु हुने भएको छ ।

बन्यजन्तुका लागि पानी पिउन र आहालका लागि चालु आर्थिक बर्षमै प्रति पोखरी २ लाखका दरले १६ वटा नयाँ पोखरी निर्माण हुने र १ लाखका दरले ३५ वटा पुराना पोखरी मर्मत गरिने भएको हो । पोखरी मर्मतको काम सुरु भइसकोको छ । आज पत्रकार सम्मेलन गरी निकुञ्जले बन्यजन्तुमा गैँडा जोगाउन भने चुनौती रहेको जनाएको छ ।

चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेको र ४ वटा तस्करहरुले मारेका छन् । तर अहिले सम्म तस्कर समात्न नसकिएको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षमा पुरानै एक जना तस्कर पक्राउ गर्न सकिएपनि नयाँ तस्कर पक्राउ नपरेको निकुञ्जले जनाएको छ ।

Share.

Leave A Reply