बीबीसीको प्रभावशाली महिलाको सूचिमा पर्नुभएकी सपनालाई गैँडाकोट ३ ले गर्यो सम्मान

0

पवित्रा पराजुली, गैँडाकोट, मंसिर २३ । बीबीसीको प्रभावशाली महिलाको सूचिमा पर्नुभएकी सपना रोका मगरलाई गैँडाकोट ३ ले आज सम्मान गरेको छ । बिगत चार बर्ष देखी बेवारिसे शब व्यबस्थापन गर्दे आउनृु भएकी सपना रोका मगर बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन बीबीसीले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेको हो । बिश्वभरका १०० प्रभाबशाली महिलाहरुको सूचिमा परेपछि सपनाले आफूलाई अझै कर्म गर्न हौसला मिलेको बताउनु भयो।
आत्मविश्वासका साथ गलत संगत र दुव्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले सुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उहाँलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । जिवनमा आउने बिभिन्न उतारचढावले नै अगाडी बढ्न प्रेरणा मिल्ने उहाँको भनाई छ ।
उहाँले हालसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसक्नु भएको छ । विश्वमा थुप्रै मानिस घरबार विहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्ने सपनाको भनाई छ । सपना यो काम समाजसेवाका लागि नभई आत्मशान्तिका लागि गर्दै आएको बताउनुहुन्छ ।
सम्मान कार्यक्रममा बोल्दै गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले सपना रोका मगरले देशकै नाम उच्च बनाएको बताउनुभयो । जिवन देखी हार मानेर हिडेका युवा पिढीका लागी जिवनमा हार होईन संघर्षले अगाडी बढ्न सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मंतव्य श्रीकृष्ण गण्डकी माध्यमिक बिद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीले राख्नुभएको थियो । कार्यक्रममको सहजीकरण गैँडाकोट ३ का युवा ईन्द्रज्योती पोख्रेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply