समाजको विकासका लागि राजनीति

0


पवन सुवेदी
राजनीति सभ्य विकसित समाज र सदस्यहरुको परिवर्तन र विकासका लागि हो । कुशल समाज निर्माणका लागि राजनीति गर्ने गरिन्छ । राजनीति समाजमा अराजकता विकासका लागि प्रयोग गरिनु हुँदैन । यदि समाज उपयोगी सामाजिक कार्यमा प्रयोगमा आउन सकेन भने त्यसलाई राजनीति मान्न सकिंदैन् । राजनीति समाजमा सामाजिक जागरण, परिवर्तन र विकास र समृद्धिका लागि हुनुपर्दछ । व्यक्तिगत स्वार्थ पूर्तिका लागि होइन, समाजको परिवर्तन र स्थिर विकासका लागि हो, हुनुपर्दछ । समग्रमा राजनीति समाज र राष्ट्रमा असल शासन, सुशासन र कुशल शासन स्थापित गर्नका लागि हुनुपर्दछ ।
हाम्रा सरकारी हुन वा अन्य संस्थागत संघसंस्था सबैमा प्रभावकारी रुपमा अनुगमन र मूल्याङ्कन गर्ने निकाय पर्याप्त हुन नसक्नु, भएकाबाट अनुगमनको राम्रो नतिजा प्राप्त हुन नसक्नु, अनुगमनपश्चात् सुधारको मार्गमा हिँडाउन नसकिनु, सही मार्गमा ल्याउन प्रयत्न नगरिनु, नियमितजस्तो भ्रष्ट्राचारको नतिजा प्राप्त हुनु, सामाजिक कार्यमा पार्टीगत रुपमा मिलेमतो भइरहने हुनाले सही र खराबको स्पष्ट मूल्याङ्कनको प्रतिवेदन ल्याउन नसक्नु हाम्रो ठूलो समस्या छ । कुनै पनि नीति र विषय सन्दर्भ विषयमा स्पष्ट रुपमा छलफल गर्ने हाम्रो मनोवृत्तिमा परिवर्तन आएको पाईंदैन । राजनीतिक विवादलाई उत्कर्षमा पु¥याउन शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमा सुधार आउन सकेको पाईंदैन । राजनीतिक वृत्तमा असन्तुष्ट भएकाहरु जसको आवाजको ढोका सधैँका लागि बन्द गरिन्छ । नीति र थिति स्थापित गर्ने बेलामा सत्तारुढमा वैचारिक विद्रोहको ज्वाला निस्किरहन्छ । हाम्रा यिनै र यस्तै निकम्मा प्रवृत्तिले राजनीति समाजको विकासका लागि प्रयोगमा आउन सक्दैन । प्रतिस्पर्धाका लागि देखाउन, सत्तामा टेक्नमात्र सघाउने विकासका कामहरु समाज विकासमा दीर्घकालसम्म प्रयोगमा आउन नसक्ने मात्र भए ।
हामो अर्को समस्या, सामाजिक समस्यालाई धक्का पु¥याउन विचारमा जुहारीको सहारा लिन पुगियो । सामाजिक उकुसमुकुसमा अस्वस्थ प्रतिस्पर्धाको रस्साकस्सीले एकता र सद्भावलाई धक्का पु¥याउने मात्रको कार्य गरिएको छ । झार उखेल्न राष्ट्रिय बजेटलाई स्वाहा पारिएको छ । कलह र झगडाको सहयोग लिएर बलपूर्वक मिचाइँमा उत्रेपछि दुरवस्था र भुमरीमा पर्ने निश्चित नै छ, होइन र ? विक्षिप्त बन्दै गएका हाम्रा शंकाका घेराले अनेकौँ रुष्ट हुने धारलाई जन्माएको छ । विश्वास र आपसी सद्भावको कमीले राष्ट्रिय छविलाई अन्योल बनाएको छ ।
हाम्रा दुर्दशापूर्ण कार्यले विकासमा विद्रू्रप कुरुप तस्बिर देखिएको छ । आम समुदाय मूच्र्छित छन् तर आश्वासनको ढकनीले गर्न नपर्ने मुख बन्द गरिएको छ । सधैँका जस्तै उस्तै लापरवाही र रजाइँमा वायुपंखी घोडाझैँ आकाशमा मात्र उड्ने विकासे दौडले विकासको पत्र देखिएला तर विकासमा गुणस्तर देखिन सकेको भने पाईंदैन । हामी यस कुरालाई बुझ्न नसकिएको अवस्थामा छौँ । कुनै पनि काम गर्ने तोकिएको समयसीमा घर्कंदै जान्छ तर आवश्यक कार्यविधि निर्माण गर्न नसक्दा काम अलपत्र पर्न जान्छन् । हाम्रो कमजोरी र विडम्बना यहीँ छ ।
अर्कातर्फ बेलाबेलामा राजनीतिक वृत्तमा फर्जी खबरको विषाक्तता मौलाएको हुन्छ । समस्यामा अल्झिएको नियत बाहिर निस्कन नसकिरहेको अवस्थामा हामी छौँ । नेतृत्व वर्गले कहिल्यै पनि शासन र पद्धतिलाई आफैमा नियन्त्रण गर्ने होइन । निगरानी गरिरहने र निर्देशनको अक्षरशः पालना भएको छ कि छैन हेर्ने हो । यसको वास्तविकतामा छिर्न नसकिएको गम्भीर अवस्थामा छौँ । हाम्रो वास्तविक आवश्यकता र खाँचो के हो त्यसको यकिन पहिचान नगरी बजेटलाई अर्कैतर्फ लगानी बढाइरहेका छौँ । हाम्रा मौलिक पहिचान र संस्कृति गुमाउँदै विकास हुँदै गरेका सहर र यसअन्तर्गतका समाजहरु सबैमा हाम्रा राजनीतिक संस्कार हावी हुन पुगेका छन् । यहाँका हरेक कामलाई निरन्तरताको निम्तो दिने र परीक्षण गर्ने काममात्र भएको छ । दीर्घकालीन रुपमा विकासको दिव्य दियो खडा गर्न भने नसकेको अवस्थामा रहेका छौँ । हामीमा काम गर्ने इच्छाशक्ति र इमान्दारिताको भावना देखिन सकेन । यदि यस्तो हुन सक्थ्यो त आज हाम्रो समाज र राष्ट्र समृद्ध बनिसक्ने थियो ।
राष्ट्रिय सङ्कट÷प्रकोपका बेलामा मिल्ने र सदाशयता देखाउने सामान्य अवस्थामा दूरी बढाउने हाम्रो संस्कारले राजनीतिक यात्रामा दारुण अवस्था सिर्जना गराएको छ । राजनीतिक आवरणमा आपराधिक गतिविधिको अधिकता मिसिएको छ । अनुमानमा भर गर्नुभन्दा यथार्थमा आधारित रहेर उचित समन्वय र सहकार्यमा सहमतिबाट गर्नु राम्रो हुन्छ । अभिभावकीय संरक्षण बिनाका योजना निष्प्रभावी बन्न पुग्दछन् । हामीले यसतर्फ विचार पुयाएर काम गर्न सकेनौँ । यसले गर्दा हामीले गरेको राजनीति समाजको विकासका लागि प्रयोगमा आउन सकेन । उदाहरणका लागि, के तपाईंले सर्कसमा बस्ने ड्राइभरलाई देख्नुभएको छ ? ड्राइभरको अनुगमन कसले गर्ने ? खलासीले त पक्कै गर्न नसक्ला । ठीक यस्तै भएको छ हाम्रो राजनीतिक वृत्तमा नियन्त्रण कसले कसलाई गर्ने ? यस अवस्थाबाट हामी कहिल्यै माथि उठ्न सकेका छैनौँ । यसैले हाम्रो समाजको विकासमा राजनीति प्रयोगमा आएको देखिँदैन ।
सामाजिक क्षेत्रको विकासमा हाम्रो संकीर्ण मानसिकता हावी कायमै भएकाले हाम्रा समस्याहरु प्रायः छिटो छिटो सुल्झिएका देखिँदैनन्, हुँदैनन् । हरेक सामाजिक काममा व्यक्तिगत स्वार्थ र फाइदाका लागि सोच्ने गरिन्छ । निर्णयमा सबभन्दा राम्रो विकल्प छलफल र सहमतिबाट निकास खोज्नुपर्दछ । यस्तो गर्नुभन्दा शक्तिको प्रदर्शन गर्न भूमिका खेल्दछौँ । यसले गर्दा पनि राजनीति समाजको स्थिर विकासका लागि हुनै सकेको देखिँदैन ।
सामाजिक परिवेशमा विषाक्त परिस्थितिको सम्मिश्रण बढ्न गएको छ । जसले गर्दा ढलीमली गर्दै आक्रोशले पोख्त बन्दै अगाडि बढ्दैछ नेतृत्व । जसले गर्दा शासनमा विवादका छलफल र अनेकौँ पात्र÷चरित्र जन्मिएका छन् । समस्याको पहाड बनाएर यसैलाई थुप्रो लगाई समस्याले समस्या बढाएर कारखाना सञ्चालन गरी चलाख वर्गले यसबाट अनुचित फाइदा वा लाभ लिइरहेका छन् । समस्याबाट आर्जित बनेका विपन्न वर्ग वा जनता विवश बनेका छन् । हाम्रो मानसिकता र प्रवृत्ति यस्तो जन्मिएर आएको छ । राम्रालाई काम गर्ने मौका नदिने, आफ्ना भाइ–भारदारलाई भर्ती गराउने, भ्रष्टाचारलाई पोषण गर्ने आदि खराब गतिविधिका कारणले नेपाली राजनीति सामाजिक क्षेत्र कहिल्यै शिर उठाएर गतिशील बन्न नसकेको गम्भीर अवस्थामा रहेको छ ।
अन्तमा, समाजमा विकासको दर्शन गर्न विधिको शासनको महत्त्वलाई बुझौँ, सोको अक्षरशः पालना गर्न सकौँ । नराम्रा कुराहरुलाई सुधार गरेर राम्रा काम र क्रियाकलापमा कटाक्ष गर्ने क्षमताको विकास गरौँ । निर्लज्जताले भरिएको अधुरो स्वप्निल यात्रालाई त्यागी विधि र कुशलतामा अगाडि लम्कन सकौँ । नेपालीमा एउटा उखान छ ‘बोकाको मुखमा कुभिन्डो’ यस्तो प्रवृित्त राजनीतिक वृत्तमा नेपाली जनताले अब भविष्यमा देख्न नपरोस् । क्षमता र घाँटी हेरेर हाड निल्ने गरौँ । समाजको आवश्यकताभन्दा धेरै महत्त्वाकांक्षी बन्ने नगरौँ । सपनाभन्दा माथि उड्ने र भाषणले उडाउने काम नगरौँ । यस्तो व्यवहारले हामी आफै तल खसिरहेका हुन्छौँ । यसमा स्वयं सबैले आत्मैदेखि विचार गरौँ । नकारात्मक रुपमा निर्लज्ज प्रवृत्तिले घेरिएका हाम्रा आँखा सत्यको उजागर गर्नका लागि उघार्न सकौँ । न्याय र विधिको शासनमा मार्ग देखाउने राजनीतिलाई सामाजिक रुपमा समस्याको तगारो बनाउने काम कदापि नगरौँ । सकारात्मक रुपमा आ–आफ्ना धारणा र विचारहरु राखी समस्यालाई शीघ्र सुल्झाउने गरौँ । राजनीतिक नेतृत्व शक्ति स्पष्ट र परिपक्व हुन नसक्दा सामाजिक विरासत, असङ्गति परालको आगोझैँ फैलिरहेको हामी सबैले देखे–भोगेका नै छौँ । यस्तै असङ्गतिपूर्ण कार्यले सामाजिक गतिविधि वा क्रियाकलापहरुमा अराजकता र अस्तव्यस्त बनिरहेका थिए, छन् र बनिरहनेछन् । यस्ता समस्या र चुनौतीलाई जित्न एकले अर्कोमा सदाशयता देखाएर साझा दायित्व र संकल्प लिन सक्नुपर्दछ । यसमा परिवर्तन ल्याउन आफैले सम्झनु र आफैलाई बुझ्नु नितान्त आवश्यक छ । राजनीतिमा नयाँ नेतृत्व शक्ति÷पुस्तालाई मिसन र भिजनका साथ कर्तव्यपथमा लम्कन दिन सकौँ । सामाजिक परिवेशमा विषमता निम्त्याउने ठेक्कामा अश्लीलता र विकृतिको प्रशस्त राग भेटिन्छ । यस्ता विकृतितर्पm उन्मुख गतिविधिलाई अन्त्य गर्न सकौँ । सबथोक बिगारेर समस्या बढाउने खेल खेल्न उद्धत हुने प्रवृत्तिमा बदलाव ल्याउन सकौँ । सबै मिलेर राजनीति समाज र राष्ट्रको परिवर्तन, विकास, समृद्धि र उन्नतिका लागि एकताबद्ध भएर गर्न सकौँ । समाज विकासका लागि गर्नुपर्ने राजनीति समाजकै हितमा प्रयोगमा आउन सकोस्, हाम्रो कामना । जय नेपाल ।
(गैँडाकोट नगरपालिका–१, नवलपुर)

Share.

Leave A Reply