देवचुली शान्तिगैराबासी कुवा र खोलाको पानी पिउन बाध्य, वन बाधक

0


माया कँडेल
देवचुली । गण्डकी प्रदेश सरकारले एकघर एक धाराको अभियान अघि सारेको छ तर गण्डकी प्रदेशकै नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नम्बर ४ शान्तिगैरामा यो अभियानले छुन सकेको छैन । यहाँका करिब २२५ घरधुरी परिवारले भने वर्षौंदेखि कुवा र खोलाको पानी पिउन बाध्य छन् । जनप्रतिनिधि आएपछि समस्या समाधान हुने आश गरेका स्थानीयको समस्या अझै पनि उस्तै छ ।
देवचुली नगरपालिका वडा नम्बर ४ शान्तिगैराकी शिवकुमारी मगरले खोला र कुवामा पानी लिन जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँ आपैm डोकामा ग्रागी बोकेर कुवामा पानी लिन जाने गर्नुहुन्छ । खानेपानी लिन कुवा जाने उहाँ खोलामा भने कपडा धुन अनि भाडा माझ्न पनि पुग्नुुहुन्छ ।
धनबहादुर लुङगेलीले पनि अवस्था उस्तै छ । कुवाको पानी खाने गरेको उहाँले बताउनुभयो । वर्षौंदेखि उहाँ खानेपानीको मुहान नजिकै बसे पनि शुद्ध खानेपानी नपाएको गुनासो गर्नुहुन्छ । पानीको स्रोत आपूm बसेको स्थानबाट धेरै टाढा छैन त्यही स्रोतको पानी अन्य स्थानमा वितरण हँुदै आएको छ तर यहाँ भने समस्या उस्तै छ । जो आए पनि अहिलेसम्म आश्वासनमात्र दिने गरेको लुङगेलीले बताउनुभयो । उहाँ अलिकति सक्ने र हुनेखानेमध्येका केहीले इनार खनेर पानी खाए पनि सबैले खोला र कुवाकै भरमा प्यास मेटने गरेको बताउनुहुन्छ ।
७० वर्षीय चनिमाया नेपाली पनि खोल्सामा पानी लिन जानुहुन्छ । खानेपानी लिन खोल्सामा पुग्ने उहाँ भाडा मोल्न र कपडा धुन भने खोलामा पुग्नुपर्ने बताउनुहुन्छ । घरमै पानीको धारा आए सजिलो हुने उहाँको तर्क छ ।


यहाँ शुद्ध खानेपानी नपाएकै कारण बेलाबखतमा धेरै बिरामी पर्ने गरेको स्थानीय बताउँछन् । स्थानीय जौमाया बाचे मगर शुद्ध पानी नपाएकामा आक्रोश व्यक्त गर्नुहुन्छ । उहाँले शुद्ध पानी नपाएकै कारण बिरामी हुने गरेको बताउनुभयो । भीमचन्द्र गुरुङ कुवाकै पानीबाट अहिलेसम्म प्यास मेटाउदै आएको बताउनुहुन्छ । यस स्थानकै सबैभन्दा ठूलो समस्या भन्नु नै खानेपानीकै समस्या भएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री रामले खानेपानीका लागि ३ करोड लगानीको योजना परे पनि खानेपानीको मुहान र टंकी दुवै वनक्षेत्रमा परेको हुनाले सो काम हुन नसकेको बताउनुहुन्छ । काम गर्नका लागि यहाँ पैसा नभई समन्वयको खाँचो रहेको उहाँ बताउनुहुन्छ । यता डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज शर्माले आफूहरुले चाहेर पनि सहयोग गर्न नसक्ने बताउँदै संघीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने बताउनुहुन्छ ।
संघीय सांसद डा. शशांक कोइरालाले समस्या समाधानका लागि काम गर्ने बताउनुभएको छ । स्थानीयको समस्या भन्नु नै आपूm प्रतिनिधि भएपछि आनै समस्या भएकाले यसबारे थप अध्ययन गरी समाधानको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । वर्षौंदेखि यहाँका स्थानीय सफा पिउने पानीका लागि आश गरेर बसेका छन् ।

Share.

Leave A Reply