लागुऔषध सहित नवलपुरमा २ जना पक्राउ

0

गैँडाकोट, मंसिर २१ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गको कावासोती १६ स्थित चालिसकिलो भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुधन सिहले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा गैडाकोट ७ जयश्री बस्ने बर्ष २४ का रमेश बि.क. र चितवन भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर बस्ने बर्ष २७ का बिकाश बजगाई रहेका छन् ।

पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना ४१ प २४७१ नंम्बरको मोटरसाईकललाई रोकी खानतलासी गर्दा फेनारागन ३०,डाईजेपाम ३० र नुफिन ३० एम्पुल र १५ ट्याप्लेट नाईट्राभेट–१० लेखिएको लागु औषध बरामद गरी अनुसन्धान कार्य भईरहेको सिँहले बताउनुभयो ।

उनीहरु विरुद्ध लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको उहाँको भनाई छ ।

Share.

Leave A Reply