गैँडाकोट आधारभुत अस्पतालद्धारा ९ जना महिला स्वयंसेवीकालाई सम्मान, संचार खर्चको पनि उपलब्ध गराइने

0

पबित्रा पराजुली, मंसिर २१ । गैँडाकोट आधारभुत अस्पतालले हिजो ९ जना महिला स्वयंसेवीकालाई सम्मान गरेको छ ।

१७ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवसको अबसरमा अस्पतालले गैँडाकोट १० देखी १३ मा कार्यरत ९ जना महिला स्वयंमसेवीकालाई सम्मान गरेको हो ।

कार्यक्रमा बोल्दै गैँडाकोट आधारभुत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवंम गैँडाकोट ११ का वडाअध्यक्ष गोविन्द प्रसाद सुवेदीले कोभिड १९ को जोखिमको बिचमा पनि महिला स्वयंमसेवीकाले गरेको काम प्रशंसायोग्य रहेको बताउनुभयो ।

उहाँले कोभिड १९ नियन्त्रणमा महिला स्वयंसेवीकाको भुमिका अझै ठुलो हुने बताउनुभयो । त्यस्तै गैँडाकोट आधारभूत अस्पतालका प्रमुख डाक्टर रमेश प्रसाद आचार्यले महिला स्वायंम्सेवीका हरुलाई संचार खर्चको व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गैँडाकोट आधारभुत अस्पतालका हेल्थ असिस्टेन्स माधव आर्चायले गर्नुभएको थियो ।

Share.

Leave A Reply