नारायणी सामुदायिक वनकोे ८औँ वार्षिक साधारण सभा सम्पन्न

0


पवित्रा पराजुली
मंसिर २०, गैंडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समुह गैंडाकोटले ८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार गैंडाकोट ७ मा भएको साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले वनले गरेको हरेक काम पारदर्शी हुन आवश्यक रहेको बताउनुभयो । पौडेलले वन अब आर्थिक पाटोमा पनी सबल बन्दै गएको र सामाजिक विकास तथा सदस्यलाई पनि आर्थिक रुपमा सबल बनाउने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । यसतर्फ नारायणी वन लागीपरेको पनि उहाँको भनाई थियो ।
साधारण सभामा नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठीले गतवर्ष गरिब विपन्न परिवारका १५ जनालाई बाख्रा वितरण गरिएको जनाउँदै गरिब विपन्नका लागी २ वटा घर निर्माण गरिसकेको र एउटा निर्माणाधिन अवस्थामा रहेको बताउनुभयो ।

वार्षिक साधारण सभाको अवसर परेर संस्थाले एउटा घर र विद्यालयको दुई कोठा निर्माणपछि हस्तान्तरण गरेको थियो । गैंडाकोट ९ का शोमबहादुर कुमाललाई घर हस्तान्तरण गरिएको हो भने गैँडाकोट ६ मा रहेको बालमैत्री बिद्यालयलाई दुई कोठा निर्माण पछि बिद्यालय हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले नारायणी वनले स्थापनाकालदेखी नै रचनात्मक काम गर्दै आएको बताउनुभयो । साथैँ उहाँले स्थानीय विकासमा उल्लेखनीय काम गरेको र यसलाई निरन्तरता दिँदै जानपनि आवश्यक रहेको बताउनुभयो । त्यस्तै डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सुर्यसिहं गुरुङले वनले अबका दिनमा स्थानीय सरकारसगँ सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा आर्थिक बर्ष २०७६/०७७ को प्रगती विवरण तथा २०७७/०७८ का लागी प्रस्तावित बार्षिक कार्य विवरण संस्थाकी सचिव उमाकुमारी पाण्डेले प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष नेत्रराज सापकोटाले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

Share.

Leave A Reply