उद्योग बाणिज्य संघ गैंडाकोटको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

0


गोमा शर्मा
मंसिर २०, गैंडाकोट । जिल्ला उद्योग बाणिज्य संघ गैंडाकोटले शनिबार बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला उद्योग बाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचन उद्योग बाणिज्य महासंघको चुनावबाट केन्द्रिय कार्यकारिणी सदस्य पदमा विजयी भएको खुसियालीमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले केन्द्रिय कार्यकारिणी सदस्य पदमा भट्टचनको जितले समग्र प्रदेश र विशेषगरि नवलपुर जिल्लाको स्वास्थ, शिक्षा, कृषि, पर्यटन, ब्यापार र निजि क्षेत्रमा व्यावसाय गर्नेको जित भएको बताउनुभयो । साथै उहाँले विजयी भट्टचनलाई शुभकामना एवं बधाई ज्ञापन गर्दै उद्योगी व्यवसायीको हित हुने रचनात्मक कार्य गर्न सुझाव दिनुभयो । जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका वरिष्ठ उपाध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी, व्यवसायी, जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा मन्तव्य राख्ने सम्पूर्णले विजय अमृत भट्टचनलाई बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका संस्थापक, वर्तमान अध्यक्ष, यस जिल्लामा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था÷संगठनका परिकल्पनाकार, युवा, व्यवसायी भट्टचन नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारण सभा एवम् अधिवेशनबाट जिल्ला÷नगर उद्योग वाणिज्य संघतर्फ केन्द्रीय कार्यकारिणी समितिको सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

Share.

Leave A Reply