विजय सामुदायिक शिक्षा सहकारीको अध्यक्षमा सापकोटा

0

गैँडाकोट, मंसिर २० । विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेड गैँडाकोटको अध्यक्षमा खेमराज सापकोटा चयन हुनुभएको छ । गत १३ गते सुरु भएको २० औँ साधारण सभाले गोपीनाथ खरेलको संयोजकत्वामा बनाइएको निर्वाचन समितिले ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत बनाउन सफल भएको हो । संचालक समितिको नयाँ अध्यक्षमा खेमराज सापकोटा, उपाध्यक्षमा परमेश आचार्य, सचिवमा रत्नप्रसाद सापकोटा, कोषाध्यक्षमा लक्ष्मण कार्की, सहसचिवमा उमा कुमारी पाण्डे रहनुभएको छ । संचालक सदस्यहरुमा टिकाराम कडेँल, रघुनाथ कडेँल, विरभद्र सापकोटा, तुल्सी पौडेल, ऋषिराज लामिछाने र हरि बहादुर कुँवर रहनुभएको छ । ११ सदस्यीय नयाँ कार्यसमितिले ४ वर्षको कार्यकाल काम गर्नेछ । यस अघिका समितिको कार्यकाल ३ वर्षको भएपनि यो वर्षदेखि ४ बर्षको कार्यकाल बनाइएको हो ।
त्यस्तै निर्वाचन समितिले बेद प्रसाद गौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत बनाएको छ । जसको सदस्यहरुमा सालिकराम सापकोटा र रेवती श्रेष्ठ हुनुहुन्छ । उहाँहरुलाई आज नै निर्वाचन समितिका संयोजक गोपिनाथ खरेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै सहकारीबाट पनि शिक्षा क्षेत्रको आमूल परिवर्तन सम्भव छ भन्ने प्रमाणीत गर्न शुभकामना दिनुभयो । समिति ११ जना मात्रै भएपनि सिँगो विजय परिवार, विद्यार्थी , अभिभावक समाज सधैँ साथमा रहेको भन्दै ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । सवै आआफ्नो व्यक्तित्व निर्माण गरेका व्यक्तिहरुको नेतृत्व आएको भन्दै योजना सहित सफल काम गर्न शुभकामना दिनुभयो । कार्यक्रममा विजय परिवारका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।


कोभिड १९ जस्तो महामारीमा नेतृत्व सम्हाल्नु चुनौति भएपनि आफूमा भएको अनुभव सहित सवैसँग राय सुझाव सल्लाहाका साथ कार्य गर्ने नवनिर्वाचित अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । साथै आज नै पहिलो बैठक बसेर धन्यवाद प्रस्ताव समेत पारी गरेको छ । कार्यक्रममा पूर्व अध्यक्षहरु माधव प्रसाद पौडेल, इन्द्रराज ज्योति पौडेल, टिकाराम कडेँल लगायतले बोल्नुभएको थियो ।

Share.

Leave A Reply