चितवनमा बढ्दो सवारी दुर्घटना, न्यूनीकरणका लागि छलफल सुरु

0

चितवमा , मंसिर १९ । चितवनमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरु बढ्दै गएपछि न्यूनिकरणका लागि छलफल सुरु भएको छ । वागमती ट्राफिक प्रहरी कार्यालय रामनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनमा आज चितवनको रत्ननगर नगरपालिकामा सरोकारवालहरुसँग छलफल गरेको हो ।
पूर्व पश्चिम राजमार्ग सँग जोडिएको भएकाले पनि जिल्लाको पूर्व तर्फ बढी दुर्घटना हुने र अकालमै ज्यान गुमाउनेहरु बढेपछि छलफल गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले सडक फराकिलो बनाउनुपर्ने देखि ट्राफिक नियमको पालना गर्न हेलच्याक्रयाइ गर्न नहुने बताएका थिए ।


साथै भोटको आधारमा सडक नभइ आवश्यकता र मापदण्डमा रहेर निर्माण गरेपनि दुर्घटना कम हुने प्रदेश सभा सदस्यहरुको भनाई थियो । कार्यक्रममा प्रदेश सभासदहरु, प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका नगरप्रमुखहरु, जनप्रतिनिधि, ट्राफिक प्रहरी लगायतको उपस्थ्तिी रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुखहरुले पूर्व पश्चिम सडक फराकिलो बनाउनुपर्ने र स्थानीय तह आफैले पनि सडक सुरक्षाका कार्यक्रम तथा नियम बनाएर लागु गर्न ढिला गर्न नहुनेमा जोड दिनुभएको थियो ।

Share.

Leave A Reply