चितवनको टिकौलीमा दुर्घटना हुँदा एक जना घाइते

0

चितवन, मंसिर १९ । चितवनको रत्ननगर नगरपालिका वडानम्वर १० मा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

आज दिउसो पुर्ब पश्चिम राजमार्गमा पर्ने उक्त ठाउँमा नारायणगढबाट टाँडी तर्फ आउदै गरेको ना ६ ख ४५ नम्वरको ट्रकले विपरीत दिशा बाट जादै गरेको ना ३७ प ९२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक खैरहनी नगरपालिका १ वस्ने वर्ष ३७ का कृष्ण प्रसाद घिमिरे घाईते हुनुभएको हो ।

उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको र अवस्था मध्यम रहेको चिकित्सकलहरुले बताएको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा र ट्रक चालक जिल्ला प्रहरी कार्यालय को नियन्त्रणमा रहेको थापाले बताउनुभयो ।

Share.

Leave A Reply