स्कोलाश्टिक फाउन्डेसन नेपाल विश्व रेकर्ड कायम गर्न सफल, विद्यार्थीहरुलाई तार्कि वहस गर्न सिकाउदै

0

चितवन, मंसिर १९ । विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा र मौलिक सँस्कार सहितको सिर्जनात्मक क्षमता अभिवृद्धी गराउदै आएको स्कोलाश्टिक फाउन्डेसन नेपालले वल्र्ड रेकर्ड कायम गरेको छ । फाउण्डेशनले माध्यमिक तहका १ हजार ५०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एक वृहत एस्पायर स्कोलाश्टिक मिट नामक कार्यक्रमको आयोजना गरी विश्व कृतिमान रच्न सफल भएको संस्थाका अध्यक्ष सस्मित पोखरेलले जानकारी दिनुभयो । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरि वल्र्ड बुक अफ रेकर्डस युकेमा विश्व किर्तीमान कायम हुन सफल भएको प्रमाण पत्र वारे जानकारी दिँदै उहाँले आगामी दिनमा गरिने ७ वटा कार्यक्रम समेत सार्वजनिक गर्नुभयो ।
यस अघि न्यू क्यापिटल कलेज रत्ननगर चितवनमा बहस र वादबिवाद, वक्तृत्व कला, निवन्ध लेखन, चित्रकला लगायत विभिन्न १३ क्षेत्रको कार्यक्रम आयोजना भई सम्पन्न भएको र त्यो सवैभन्दा बढि प्रतिस्पर्धी कार्यक्रम रहेकाले नै आफूहरुले सफलता पाएको संस्थापक अध्यक्ष प्रज्जवल भट्टराइले जानकारी दिनुभयो ।
आगामी दिनमा पनि स्थानीय सरकार, केन्द्रीय शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय, निजी क्षेत्रसँग सहकार्य गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुको क्षमता विकासका कार्यक्रम गरिने फाउण्डेशनको भनाई छ ।

Share.

Leave A Reply