आय आर्जनमा सहयोग पुग्ने गरी गैँडाकोट ५ ले दियो ठेला र मेसिन

0

गैँडाकोट, १९ । गैँडाकोटा नगरपालिका वडा नम्बर ५ ले आज ठेला र सिलाई मेसिन हस्तान्तरण गरेको छ ।

गैँडाकोट नगरपालिकाको सहयोगमा ७ जनालाई ठेला र मेसिन हस्तान्तरण गरिएको हो । सिप बिकास र आर्थिक उपार्जनमा सहयोग पुग्ने उद्देश्यले सीपमूलक समाग्री हस्तान्तरण गरिएको गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलले बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य भिमबहादुर कुमाल, कुमारी रेखा पौडेल र वडासदस्यहरु हरि ढकाल,पावती सापकोटा लगाएतको उपस्तिथी रहेको थियो ।

Share.

Leave A Reply