जीवन उपयोगि शिक्षा र शरिरको प्रतिरक्षा प्रणाली बिकास सम्बन्धि एक दिवसिय कार्यक्रम सम्पन्न

0

गोमा शर्मा,गैंडाकोट, १९ मंसिर । बालबालिकाहरुको लागि जीवन उपयोगि शिक्षा र शरिरको प्रतिरक्षा प्रणाली बिकास सम्बन्धि एक दिवसिय कार्यक्रमको आज समापन गरिएको छ । विभिन्न टोल विकास संस्थाका सहभागिहरुलाई आठ दिनसम्म प्रशिक्षण दिईएको उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका पूर्व उपसचिव गोपाल भण्डारी, डा. प्रविन रिमाल र डा. प्रमोद पौडेलले सहभागिहरुलाई आठ दिनसम्म प्रशिक्षण दिनुभएको थियो ।
वडा सञ्जालका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गैंडाकोट नगरपालिका, कार्यपालिका सदस्य संगीता पण्डित प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा किड्स एजुकेशन एण्ड साईन्टिफिक ट्रेडर्सका संचालक तिर्थराज रिमाल, कालिका टोल विकास संस्थाकी सदस्य गीता तिमल्सिना र झपर्दी टोल विकास संस्थाका अध्यक्ष हर्कबहादुर भुजेल लगायतकिो सहभागीता रहेको थियो ।
सिकाईका उपलब्धीहरुबारे संक्षिप्त प्रतिकृया दिंदै किड्स एजुकेशन एण्ड साईन्टिफिक ट्रेडर्सका संचालक तिर्थराज रिमालले बालबालीका लाई जिवन उपयोगी शिक्षाले धेरै प्रभाव पारेको बताउन’भयो । सथै यस्ता कार्यक्रम अन्य वडामा पनी संचालन गर्ने उहाँको भनाई छ । कार्यक्रमको समापन गर्दै वडा सञ्जालका अध्यक्ष कृष्णप्रसाद पराजुलीले यस प्रकारका कार्यक्रम समय समयमा गर्न आवश्यक रहेको र यसका लागी वडाले पनी सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Share.

Leave A Reply