लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरकृया कार्यक्रम सम्पन्न

0


चितवन, मंसिर १९
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ चितवनद्वारा लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख अतिथी सामुदायिक वन उपभोक्ता महासंघका बागमती प्रदेश सदस्य नेपाल कृष्ण बगाले रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले लैङ्िगक हिंसा घरबाटै न्यूनीकरण हुन आवश्यक रहेको बताउनु भयो । उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ चितवन अन्तर्गत रहेका विभिन्न सामुदायिक बनका पुर्वमहिला अध्यक्षहरुलाइ सम्मान गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत प्रसाद ढुगांनाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक सामुदायिक वन उपभोक्ता महासंघ चितवन सचीव लक्ष्मी कार्की रहनुभएको थियो । सामुदायिक वन उपभोक्ता महासंघका सदस्य दुर्गा सोडारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भने प्रशिक्षकमा सहायक प्राध्यापक बालकुमारी कलेज नारायणगढका रन्जना लामिछाने र जिल्ला सचीव स्वतन्त्र पत्रकार संघ नवलपुरका सविता तिवारी रहनुभएको थियो । उक्त कार्यक्रम जलदेवी सामुदायिक बनको सभाहलमा सम्पन्न भएको थियो । तालिममा करिब ४० जना महिला एवम् पुरुष को सहभागीता रहेको थियो ।

Share.

Leave A Reply