३ दिने रणनीतिक व्यवसायिक योजना कार्यशाला सम्पन

0

गैँडाकोट ,

अमर बचत तथा ऋण सहकारी संस्था लिमीटेडले ३ दिने रणनीतिक व्यवसायिक योजना कार्यशाला सम्पन गरेको छ । संस्थाको ४ बर्षे आर्थीक योजना बनाउदैँ रणनीतिक व्यवसायिक योजना कार्यशाला सम्पन गरेको हो । मंसीर १३ देखी १५ गते सम्म भएको सो कार्यक्रमको उत्घाटन संस्थाका अध्यक्ष प्रजापती कंडेलले गनुभएको थियो ।

कार्यक्रममा बोल्दै अमर बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष यमलाल कंडेलले यस्ता कार्यक्रममले संस्थाको उचाई बढाउन पनी निकै सहयोग गर्ने बताउनुभयो । संस्थाका सचिव श्याम सुन्दर लामीछानेले सहजिकरण गनुभएको कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोगमा गरिएको थियो । भरत न्यौपाने र प्रेम पाग्ले परीक्षक रहनुभएको उक्त कार्यक्रममा संचालक समिति , लेखा समिति , सल्लाहकार सहित संस्थाका पूर्व अध्यक्षहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply