निर्देशन पालना नभएपछि कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन अर्थमन्त्रालयको निर्देशन

0

काठमाण्डौ,मंसिर १९ । ७ दिनभित्रै कोरोना बीमा दावी रकम भुक्तानी गर्न अर्थमन्त्रालयले निर्देशन दिएपनि पूर्ण कार्यान्वयनमा नआएपछि अर्को निर्देशन दिइएको छ ।

अव बाट ३ दिनभित्र दावी भुक्तानी गरी मन्त्रालयमा त्यसको विवरण पठाउन भनिएको छ । अर्थमन्त्री कै उपस्थितीमा गत कार्तिक १८ र मंसिर १७ गते बसेका बैठकका निर्णय कार्यान्वयन गर्न यस अघि नै पत्राचार गरेपनि त्यसो नभएको भन्दै बीमा संस्थाहरुको नियामक निकाय बीमा समितिलाई पुन अर्को निर्देशन दिँदै ३ दिन भित्र दावी भुक्तानी गर्न भनिएको हो ।


साथै अहिले कुन–कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण साथै अल्झिएका काम सकाउन मन्त्रालयले सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के–के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

 

Share.

Leave A Reply