गैँडाकोट स्वाभिमान साकोसले दियो विद्यार्थीलाई न्यानो स्वीटर र कापी

0

गैँडाकोट, मंसिर १८ । गैँडाकोट स्वाभिमान साकोसले आज न्यानो स्वीटर र कापी वितरण गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत सरस्वती आधारभूत विद्यालय गैँडाकोट ५ का विद्यार्थीहरुलाई आज उक्त सामाग्री सहयोग गरेको हो । व्यवस्थापन समितिका अध्यक्ष केशव राज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैँडाकोट ५ का वडाअध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि नवराज कंडेलले उक्त सामाग्री प्रदान गर्नुभएको थियो ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जाडो समयमा विद्यार्थीहरुलाई स्विटर सहित उनीहरुको पठन पाठनमा सहयोग पुग्ने गरी स्टेशनरी सामान दिएको भन्दै कडेँलले संस्थार्ला धन्यवाद दिनुभएको थियो । विद्यालयका सवै विद्यार्थीहरुलाई सो सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष देवराज पौडेलले जानकारी दिनुभयो ।

संस्थाका संचालक सदस्य एवं सामाजिमक परिचालन उप समितिको संयोजक गिता तिवारीले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्र.अ. गौरीश्वर शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply