कुस्माका २ जना लागुऔषध सहित नवलपुरमा पक्राउ

0

गैँडाकोट, मंसिर १८ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले आज कुस्माका दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार आज कावासोती १६ डण्डा स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरीले सवारी साधन चेकजाँच गर्दा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु २ ख २१३१ नम्बरको बसलाई रोकी खानतलासी गर्दा त्यसमा सवार दुई जनामध्य एक जनाको झोलामा ती सामाग्री फेला परेको थियो ।

पक्राउ पर्नेहरुमा पर्वत कुस्मा नगरपालिका ४ छमर्के बस्ने बर्ष २१ को बबिन पुन र वडा नं ८ अर्मादी बस्ने बर्ष २१ को अनिल परियार रहेका छन् । बबिन पुनले बोकेको झोला भित्र बाट फेनारागन ५२, डाईजेपाम ५२ र नुफिन ५२ एम्पुल लागु औषध बरामद गरी आजै नवलपुर जिल्ला अदालत कावासोतीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको र लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply