लियो र लायन्सका सदस्यको सामाजिक काम

0

पुष्कर अधिकारी , मंसिर १६
लियो क्लव अफ नारायणगढले लियो मल्टिपलको सप्ताह ब्यापि कार्यक्रम अन्तरगत मंगलबार चितवनको देवघाट क्षेत्रमा बेवारिशे अबस्थामा रहेका जनावरहरुलाई खाना खुवाएको छ । कार्यक्रममा लियो सदस्यहरुले भोका जनाबरहरुलाइ खाना खुवाउदा मन निकै सन्तुष्ट हुने बताएका थिए ।
सोहि कार्यक्रमका बिच लियो क्लव अफ नारायणगढका अध्यक्ष गणेश जि.सी कि छोरी रियान्सी जि.सी को पहिलो जन्मउत्सबको अवसरमा आज देवघाटधामको राम जानकी ग्रागी कन्या आश्रममा खाद्ययान्न सामाग्री बितरण गरीएको छ । यसरी आश्रममा रहेका छोरीहरुका बिचमा जन्मउत्सब मनाउदा आफुलाइ निकै खुसि लागेको र सक्दो सेवा गर्न पाउदा मन हर्सित भएको रियान्सीका पिता जि.सी.ले बताउनुभयो ।

 

 

Share.

Leave A Reply