करिब आधा शताब्दीदेखिको सपना, आफ्नै नामको लालपूर्जा

0


माया कँडेल,
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ४ झाक्रेमा बसोवास गर्दै आउनुभएका प्रेम मगर करिब आधा शताब्दीदेखि एउटा सपना साँचेर बस्नुभएको छ । उहाँको एउटै चाहना छ त्यो हो– हातमा आफ्नै नामको लालपूर्जा लिने । उहाँ विगत ४१ वर्षदेखि यस स्थानमा बस्दै आउनुभएको छ । आपूm बस्दै र आपूmले जोतभोग गर्दै आएको जमिनको उहाँ मालिक बन्ने सपना साँच्नुभएको छ । मगरले जोताहा पुर्जा भए पनि सरकारले दिनुपर्ने बताउनुहुन्छ ।
लालपुर्जा नहुनु दुःखद पक्ष त छ नै । त्यसैमागि अरु व्यक्तिले सुकुम्बासी भनेर आपूmलाई भन्दा मनदुख्ने गरेको स्थानीय अर्जुन दराईको गुनासो छ । २०२५ सालदेखि बुवा आएर यसै स्थानमा बसोवास गरे पनि अहिलेसम्म उचित सुनुवाइ नभएको उहाँको भनाइ छ । स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि अझै समस्याको समाधान हुन नसकेको उहाँ बताउनुहुन्छ ।
देवचुली वडा नम्बर ४ को एउटा गाउँ नै लालपूर्जाविहीन जस्तै छ । यहाँ रहेका करिब ८ सय घरपरिवारमध्ये ६ सय बढी परिवारले आफ्नो जोतभोग गरेको जमिनको अझै प्रमाणपत्र पाउन सकेका छैनन् । जग्गा छ, घर छ तर पनि उनीहरु सुकुम्बासीको नामले चिनिनुपर्दा नमज्जा लाग्ने गरेको बताउँछन् ।
सोही वडाको शान्तिगैरा टोलसुधार समितिका अध्यक्ष धनबहादुर लुङगेलीले विकासका हिसाबले समेत पछिपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –“शान्तिगैरा लालपुर्जाविहीन त छ नै, स्थानीय बसोवास गरिरहेको ठाउँलाई नै सामुदायिक वन क्षेत्र घोषणा गरियो ।” आपूmहरु बसोवास गरेको भन्दा धेरै पछि आएर सामुदायिक वन घोषणा गरेर विकासबाट वञ्चित गराइएको उहाँको ठहर छ ।
शान्तिगैराका भीमचन्द्र गुरुङको आफ्नो घर छ, जग्गा पनि छ, यही उर्वर भूमिमा ३ वाली खेती पनि हुन्छ । खेती किसानी गरेर सुखदुःख जीवन निर्वाह गरिरहेका छन् । लालपुर्जा पाउन सकिँदैन कि भन्ने डर रहेको उहाँले बताउनुभयो । जौ माया वाचे मगरले हरेक स्थानमा पहलका लागि पुगे पनि अझैसम्म कसैले आफ्नो आवाज नसुनेको बताउनुहुन्छ । लालपुर्जा कस्तो हुन्छ भन्ने नै नदेखेको र देख्ने धोको रहेको बताउनुहुन्छ ।
शिवकुमारी लुङगेलीका १ छोरा १ छोरी छन् । उनीहरुले चाहेको विषय पढाउने धोको छ । व्यवसाय पनि गर्ने धोको छ । घर जग्गा भएर पनि उहाँको त्यो धोको पूरा हुन सकेको छैन कारण हो उहाँको घर जग्गा छ तर हातमा लालपुर्जा छैन । लालपुर्जा नभएपछि उहाँले ऋण धन गर्न पनि पाउनुभएको छैन ।
आपूmले जोत भोग गर्दै आएको जमिनको आपूm नै मालिक बन्ने सपना साँचेका स्थानीयको सपना पूरा गर्न सरोकारवालाले पनि चासो दिनुपर्ने देखिन्छ । लामो समय दुःख र कष्टमा बाँचेका उनीहरु जनताको सरकार आएपछि यो आशा राखिरहेका छन् ।

 

सम्झौताका लागि बोलाउँछौँ


देवीप्रसाद ज्ञवाली
अध्यक्ष
भूमि सम्बन्धि समस्या समाधान आयोग
देवचुली नगरपालिकालाई भूमि सम्बन्धि समस्या समाधान आयोगले मंसिर २७ गते सम्झौताका लागि बोलाउँदैछौं । देवचुली नगरपालिका र भुमि सम्बन्धि समस्या समाधान आयोगका बिचमा २७ गते बुटवलमा सम्झौता हँुदैछ । त्यो सम्झौताका आधारमा उहाँहरुले लगत संकलन गर्नुहुन्छ, तथ्याङ्क लिनुहुन्छ र पालिकाले प्रमाणित गर्छ । उहाँहरुले प्रमाणिकरण गरेको लिस्ट आयोगमा दिएपछि आयोगले आनो कामलाई अगाडी बढाउँछ । अब हिजोको आँखाले हेर्नभएन । विगत १० बर्षदेखी मानिसहरु बसोबास गरेका छन् भने हरियाली छैन र बस्ती बसेको छ भने त्यस स्थानमा बसोबासको व्यवस्थापन गर्नका लागि अधिकार प्रत्यायोजन गरेको छ । त्यस आधारमा हामिले काम अगाडी बढाउँछौँ । नवलपुरको कावासोतीमा सम्झौता भईसकेको छ । नवलपुरका अन्य पालिकाहरुमा पनि काम अगाडी बढेको छ । र यसैवर्षभित्र नै काम सक्ने गरि अगाडी बढ्दै छौँ ।

Share.

Leave A Reply