चितवन राष्ट्रिय निकुञ्जमा गणेशकलीले जन्माई पोथी बच्चा

0

गैँडाकोट, मंसिर १५ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा ३१ बर्षिय हात्ती गणेश कलीले आज पोथी बच्चा जन्माएको छ ।

निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले नवजात वच्चा स्वस्थ र तन्दुरुस्त रहनुका साथै सुत्केरी हात्तीको स्वास्थ्य अवस्था समेत राम्रो रहेको जानकारी दिनुभयो । सुत्केरी हात्ती गणेशकलीलाई निकुञ्जकै रुपकली हात्तीले जन्म दिएको थियो । साधरणतया हात्तीले गर्भधारण गरेको १८ देखी २२ महिनामा बच्चा जन्माउछ ।

यो बच्चासंगै निकुञ्जमा कार्यरत घरपालुवा हात्तीको संख्या ५९ पुगेको छ । जसमध्य ५३ वटा चितवन राष्ट्रिय निकुञ्जमा र ६ वटा कोसीटप्पु वन्यजन्तु आरक्षमा छन् । सुत्केरी हात्तीको स्याहारका लागि माहुत चतूरलाल चौधरीसमेत ३ जना कर्मचारी खटाईएको र नवजात छावाको हिन्दु परम्परानुसार पछि नामकरण गरिने अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply