गैँडाकोटको ढोडेनी र तनहुँ जोड्ने पक्की पुलको टेण्डर २ महिना भित्र ः सांसद नेपाली

0

गैँडाकोट, मंसिर १५ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडानम्वर ३ बाट तनहु जोड्ने पक्कि पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सभामा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीको पहलमा गैँडाकोटको ढोडेनीवाट तनहुँको कालिकाटार जोड्ने (कालिगण्डकी नदीमा) पक्कि पुल निर्माण हुने भएको हो । प्रदेश सभासदस्य कृष्णचन्द्र नेपाललीले आज त्यहा बन्ने पक्कि पुलका लागि सरकारी प्राबिधिक टोलीले दोश्रो चरणको सर्भेको काम सकेको जानकारी दिनुभयो ।

दुई जिल्ला ( तनहु र पुर्वी नवलपरासी) जोडने पक्कि पुलका लागि आउदो २ महिना भित्र टेण्डर भएर काम शुरु भैसक्ने उहाँको भनाई छ । सरकारी इन्जिनियर सहित नेपाली आज त्यहा स्थलगत निरिक्षण र अन्तिम नाप नक्साका लागि पुल निर्माण स्थलमा पुग्नु भएको थियो । नेपालीको निर्वाचन क्षेत्र र तनहु जोडने पुलले दुबै तिरका स्थानिय बासिन्दा लाभान्वित हुने जानकारी दिनु भयो ।

त्यहा निर्माण हुने पक्कि पुलकालागि आफुले प्रदेश सरकारवाट पुल निर्माणको योजना छनौटमा परीसकेको जानकारी दिनु भयो । प्रदेश सरकारको उच्च प्राथामिकतामा परेको र एक वर्ष भित्र पुल निर्माण भैसक्ने नेपालीले जानकारी दिनु भयो । यो समेत नवलपरासी र तनहु जोडने पक्कि पुल ३ वटा हुने भएको छ । दुई जिल्ला जोडने कालिगण्डकीमा यस अघि नै २ वटा पुल निमार्ण भैसकेको छ ।

Share.

Leave A Reply