ग्रीन डेभलपमेन्ट बैंकको विद्यालयमा वित्तीय साक्षरता अभियान

0


मंसिर १५,  गैंडाकोट ।

ग्रीन डेभलपमेन्ट बैंक गैँडाकोटले विद्यालयमा वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण कार्यक्रम गरेको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ५ मा रहेको बैंकको शाखा कार्यालयले स्थानीय विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिइएको बैंकका शाखा प्रवन्धक कमल तिवारीले बताउनुभयो । सरस्वती निकेतन उच्च माविका व्यवस्थापन संकायका कक्षा ११ का १२० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको उहाँले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको उहाँले बताउनुभयो ।

टोल विकाससँग समन्वय गरेर वित्तिय साक्षरता कार्यक्रम गैँडाकोट क्षेत्रमा सञ्चालन गरिने उहाँको भनाई छ । पोखरामा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकको गैँडाकोट शाखा स्थापनाको छोटो समयमा नै सामाजिक कृयाकलापमा समेत सकृय छ । पछिल्लो समयमा ग्रिन डेभलपमेन्ट बंैैकले निक्षेपमा उच्च व्याजदर र व्याज अनुदान सहितको ऋण प्रवाह २ दिनमै गरिने प्रवन्धक तिवारीले बताउनुभएको छ ।

Share.

Leave A Reply