मजदुर आन्दोलन शुरु भएपछि बुटवल नारायणगढ सडक निर्माण ठप्प

0

नारायण शर्मा, नवलपुर, मंसिर १५ । पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक बिस्तारका मजदुरहरुले हडताल गरेका कारण तिन दिनदेखि काम रोकिएको छ ।

सडक फराकिलो पार्ने ठेक्का पाएको चिनिया ठेकेदार कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले डेढ महिना अबधिको २ सय ५० मजदुरको ज्याला नदिएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । गत शनिवारवाट सडक बिस्तारको काममा खटाइएका २ सय ५० मजदुरहरुले काम रोकेर आन्दोलन ठप्प पारेका छन ।

काम गरेको तलब नपाएका मजदुरहरुले गत शनिवारदेखि रजहरको टांगिकोटमा रहेको ठेकेदार कम्पनिको साइड अफिस घेराउ गरेका छन । बुटवल नारायण सडक खण्ड अन्तरगत दाउन्ने गैडाकोट सडक खण्डका मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ पुर्वी नवलपरासीका अध्यक्ष सानुकाजी डंगोलले मजदुरहरुलाई काममा लगाएर भुक्तानी नदिएका कारण आन्दोलन गरिएको टेलिफोनमा जानकारी दिनुभयो ।

उनले मजदुरहरुलाई बिना नियुक्ती ठेकेदार मार्फत काममा लगाइएको , दैनिक १२ घण्टा सम्म काममा खटाएर ८ घण्टाको मात्र तलब दिने गरेको , काममा खटिदा मजदुरले लगाउन पर्ने सेफटी ड्रेस ( हेल्मेट, पन्जा,जुत्ता) नदिएको , दुर्घटना बिमा, कामदारलाई यातायात सूबिधा, शनिवार र ओभरटाइम काम गराउदा डेढ गुणा बढि तलब पाउनुपर्ने, दक्ष कामदारको र सामान्य मनदुरका तलब फरक हुनुपर्ने, कारण बाध्य भएर मजदुरहरु आन्दोलनमा उत्रिएको बताउनुभयो ।

मजदुरहरुले जिल्ला प्रशासन कार्यालय, गैडाकोट, देबचुली र कावासोती नगरपालिकामा समेत आइतवार १४ बुंदे ज्ञापन पत्र बुझाएर मजदुरलाई ज्याला नदिई काममा लगाएको भन्दै तलब लगायतका सुरक्षाको प्रत्यभूति गर्ने ब्यबस्था गरियोस भन्ने माग गरेका छन ।

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले काम ठप्प पारेर माग अघि नतेर्साउन उनिहरुलाई जानकारी गराएको सुनाए । यस बारेमा प्रतिकृया लिन खोज्दा चिनिया ठेकेदार कम्पनि सम्पर्कमा आउन चाहेन ।

 

बुटवल नारायणगढ सडक खण्डको ११४ किलोमिटर सडक फराकिलो पार्न चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले १७ अर्बमा ठेक्का लिएको हो । आगामि २०७९ सालमा काम सम्पन्न गर्न पर्ने सम्झौता छ ।

Share.

Leave A Reply