नेपाल उद्योग वाणिज्य महासंघमा गैंडाकोटका भट्टचन र भरतपुरका प्रधान निर्वाचित

0


गैंडाकोट, मंसिर १४

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभाबाट खुल्ला प्रतिस्पर्धाबाट केन्द्रीय कार्यकारिणी सदस्यमा गंैडाकोट उद्योग वाणिज्य संघ नवलपरासी (वर्दघाट सुस्तापूर्व) का अध्यक्ष अमृत भट्टचन विजयी हुनुभएको छ । उद्योग वाणिज्य समूहतर्फ उहाँ ५१ मत सहित विजयी हुनुभएको हो ।
त्यस्तै कार्यकारिण सदस्य प्रदेशतर्फबाट चितवन उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष सहन लाल प्रधान निर्वाचित हुनुभएको छ । उहाँ बाग्मती प्रदेशतर्फबाट ९ मत सहित विजयी हुनुभएको हो ।
कार्यकारिणी केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका गैंडाकोटका भट्टचनले यसअघि विजय एफएमसँग कुराकानी गर्दै कोभिडले थला परेको व्यवसायलाई उठाउने र व्यवसायीलाई परेको समस्या समाधानमा निरन्तर आफुले आवाज उठाउने बताउनुभएको थियो ।

Share.

Leave A Reply