नेपालको कृषि क्षेत्र संकटमा छ ः मन्त्री भुषाल

0

चितवन, मंसिर १४ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले देशको कृषि क्षेत्र संकटमा रहेको बताउनु भएको छ । बैदेशीक सहयोगमा थामिएको कृषि क्षेत्र बजारमा छोडिदिएका कारण ध्वस्त भएको भन्दै अव नयाँ व्यवस्था ल्याउनुपर्नेमा जोड दिनुभयो । नयाँ व्यवस्थाका लागि मन्त्रालयले ५ वटा नीति अगाडि बढाएको तर कोरोनाका कारण रोकिन पुगेको मन्त्री भुषालको भनाई थियो ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालद्धारा शनिवार हिजो चितवनको सौराहामा आयोजित दुध उत्पादन तथा बजारीकरणमा देखिएका समस्या र समाधान विषयमा भएको अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै मन्त्री भुषालले किसानले उत्पादन गरेको दुध फाल्न नपर्ने बातावरण बनाउन सरकार लागि परेको बताउनुभयो । कोरोनाका कारण केही समस्या भएपनि किसानलाई नआत्तिन उहाँको आग्रह थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद देवकोटाले उत्पादन गराउन प्रोत्साहन गर्ने सरकारले दुधको बजारीकरणमा सहयोग नगरीदिएको बताउनुभयो । मौखिक र लिखितमा किसानका कुरा गरेपनि व्यहारिक कार्यान्वयन नभएको भन्दै पशुपालन क्षेत्रमा ६६ प्रतिशत योगदान दिने दुग्ध क्षेत्रका समस्या समाधान गर्न मन्त्रिसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा चितवन जिल्ला अध्यक्ष रत्नमणी न्यौपानेले पशु उपचारमा दक्ष चिकित्सकको अभाव भएको भन्दै लम्पी स्किन रोगका कारण गाई मर्दा समेत सरकारले राम्रो औषधि र उपचार दिन नसकेको बताउनुभयो । कार्यक्रममा तनहुँ र चितवन जिल्लाका दुग्ध उत्पादक किसानहरुको सहभागीता रहेको थियो । मन्त्रीलाई दुध पिलाएर उद्घाटन गरिएको कार्यक्रम जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगालले संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply