विजय सामुदायिक शिक्षा सहकारी संस्थाको साधारणसभा सम्पन्न

0

माया कंडेल, मंसिर १३, गैंडाकोट ।
विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडको आज २० औं साधारणसभा शनिबार सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको साधारण सभामा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरउपप्रमुख बिष्णुकुमारी कंडेलले विजय सामुदायिक शिक्षा सदनले कोभिडको समयमा पनि बिभिन्न माध्यमबाट पठनपाठनलाई सुचारु राख्न सक्नु नै सवल पक्ष भएको बताउनुभयो । रेडियो कार्यक्रम विजयसँग विद्यार्थी, अनलाईन शिक्षा लगायतका माध्यमबाट पनि विद्यार्थीको अध्ययनलाई सुचारु गर्नु सकरात्मक रहेको बताउनुभयो । अध्ययन अध्यापन मात्र नभएर विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्षमता प्रर्दशन गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।


विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलले संस्थाको भौतीक पूर्वाधार विकासमा केन्द्रित रहेर अहिलेको समितिले काम गरेको बताउनुभयो । उहाँले शैक्षीक गुणस्तरमा बृद्धिमा पनि सहायक हुने काम गरेको बताउनुभयो । कोभिड १९ को महामारीमा विद्यार्थीका शैक्षीक गतिबिधि प्रभावकारी बनाउन पनि विद्यालयले विभिन्न योजना संगै अघि बढेको उहाँको भनाई छ ।


सचिव लक्ष्मण कण्डेलले बार्षीक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षीक विकासका कार्यक्रमहरु, कल्याणकारी तथा अतिरिक्त कार्यक्रम ल्याएको बताउँदै विजय बाल संसार मन्टेश्वरी कक्षा सञ्चालन गरिने बताउनुभयो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष परमेश आचार्यले संस्थाको सेयरपुँजी ३ करोड ५० लाख ६३ हजार पुगेको जानकारी दिनुभयो ।
लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक विरभद्र सापकोटाले आर्थिक संकट समाधानका योजनाहरु ल्याउन सुझाव दिनुभयो ।
कार्यक्रममा प्रवद्र्धक संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, विकू बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ओमप्रसाद सापकोटा, संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक गोपीनाथ खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


विद्यालयका प्रगति विवरणबारे प्रिन्सिपल रामचन्द्र न्यौपानेले जानकारी गराउनुभएको थियो । उहाँले करिब ११ सय विद्यार्थीलाई विभिन्न माध्यमबाट अध्यापन गराईएको बताउनुभयो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पार्वती कंडेलले राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टीकाराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भने सहजीकरण सचिव लक्ष्मण कंडेलले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट शेयर संस्थाका तर्फबाट विकू वचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट शेयर सदस्यमा सिद्धकुमार श्रेष्ठ र उत्कृष्ट सञ्चालक समिति सदस्यतर्फ कोषाध्यक्ष परमेश आचार्यलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
हाल संस्थामा ९ वटा संस्था सहित ३ सय ३६ सेयर सदस्य रहेका छन् । २०५८ सालमा स्थापित विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडले २०५९ सालदेखी विजय सामुदायिक शिक्षा सदन दर्ता गरि सञ्चालनमा रहेको छ । विद्यालयमा हाल कक्षा नर्सरीदेखी कक्षा १२ सम्म अध्यापन गर्दै आईरहेको छ । संस्थामा नयाँ कार्यसमिति चयन गरिदैं छ ।

Share.

Leave A Reply