विनयी त्रिवेणीबाट १४ वटा ट्याक्टर नियन्त्रणमा

0


प्रेम क्षेत्री
मंसिर १३, गैंडाकोट । नदिजन्य पदार्थ चोरि निकासि गरिरहेको अवस्थामा विनयी त्रिवेणीबाट १४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा खोलाको गिटि बालुवा र ढुङ्गा निकालेको भन्दै प्रहरीले १४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरि निरिक्षक सागर पन्तले जानकारी दिनुभयो । शनिबार बिहान ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी गस्ति टोलीले ११ वटा नम्बर खुलेको र ३ वटा नम्बर नखुलेका ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।

बिनयी त्रिबेणी गाउँपालिका ४ स्थित सुनही खोलाबाट नदिजन्य पदार्थ चोरि निकासि गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिईएको सूचना अधिकारी प्रहरि निरिक्षक सागर पन्तले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएका ट्याक्टर अनुसन्धान तथा कानुनी कारबाहिका लागि सम्बन्धित कार्यालयमा पठाईएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिईएका ट्याक्टरहरु लु ४ त ५४१, लु ३ त ७३४९, लु ४ त २१५१, लु ४ त १०७१, लु ४ त ३०४६, लु ४ त १०५८, लु ४ त ७९५, लु ४ त ४६११, लु ४ त १४७, लु ४ त ४४२६, लु ३ त ८३२१ नम्बरका रहेका छन् । अन्य ३ वटाको नम्बर नखुलेको प्रेस नोट जारी गरि प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply