जीवन उपयोगी शिक्षा र शरिरको प्रतिरक्षा प्रणाली विकाश सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

0

No description available.

पवित्रा पराजुली,गैंडाकोट, १२ मंसिर । किड्श एजुकेशन एण्ड साईन्टिफिक ट्रेडर्सले एक दिवसिय अभिमुखीकरण कार्यक्रम शुक्रवारदेखि शुरु गरेको छ ।

बालबालिकाहरुको लागी जिवन उपयोगी शिक्षा र शरिरको प्रतिरक्षा प्रणाली विकास सम्बन्धी अभिमुखीकरण गर्न कार्यक्रम गरिएको हो ।

गुणस्तरिय शिक्षा सिकाई र कोभिड १९ को समयमा बालबालिकाहरुको शरिरलाई कसरी रोगबाट प्रतिरक्षा गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहेर उनिहरुका अविभावकहरूलाई प्रशिक्षण दिइने किड्स एजुकेशन एण्ड साइन्टिफिक ट्रेडर्सका संचालक तिर्थराज रिमालले जानकारी दिनुभयो । रिमालले शुक्रवारदेखि शुरू भएको यो कार्यक्रम अब उप्रान्त निरन्तर चलिरहने बताउनु भयो ।

गैंडाकोट – ५, ओमशान्ति मार्गमा रहेको किड्स एजुकेशन एण्ड साइन्टिफिक ट्रेडर्सको प्राङ्गडमा आयोजना भएको सो कार्यक्रममा वडा नं. ४ का अविभावकहरु सहभागि थिए । वडा नं. ४ को टोल विकाश संजालका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको वडा नं. ४ का वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथी कृष्ण न्यौपानेले शुभारम्म गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव गोपालप्रसाद भण्डारी र मेडिकल अफिसर डा. सबिन रिमालले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सहभागिहरुलाई किड्स एजुकेशनका तर्फबाट जुनुमाया रिमालले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण तिर्थराज रिमालले गर्नुभएको थियो ।

Share.

Leave A Reply