गैंडाकोटमा विद्युत सेवा आज साझ सम्म अवरोध हुने

0


गैंडाकोट, मंसिर १२
गैंडाकोटमा विद्युत सेवा आज साझ सम्म अवरोध हुने भएको छ ।

आज तिनवजेदेखी सुचारु रुपमा आउने भनिएको पनि काम अन्तिमचरणमा रहेको समयमा २ वटा पोल भाचिएपछि विद्युत सेवा साझ सम्म अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले जानकारी दिनुभएको छ ।

भाचिएका २ वटा पोलको स्थानमा नया पोल गाडेर काम सकेपछि विद्युत लाईन सुचारु हुनेपनि रिजालले बताउनुभएको छ । नारायणघाट बुटवल सडक बिस्तारका क्रममा थुम्सी क्षेत्रमा रहेका बाँकी रुखहरु काट्ने भएकाले विहान १० बजेदेखी ३ बजेसम्मका लागि विद्युत अवरुद्ध रहेको थियो ।

गैँडाकोट नगरपालिका वडानम्वर २ देखि ९ सम्मका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध रहेको छ ।

Share.

Leave A Reply