३० हजार ६२४ जना बालबालिका मध्य बाँकीलाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइदै

0

डोलराज रानाभाट, गैँडाकोट, मंसिर १२ । कोरोना भाइरस कोभिड १९ ले ल्याएको विषम परिस्थितीका बीच नवलपुर जिल्लामा भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम आज पनि जारी छ ।

हिजो देखि सुरु भएको कार्यक्रममा ८ स्थानीय तहका ६ महिना देखि ५ बर्ष उमेर समूहका बालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य कार्यालय नवलपुरकी पब्लिक हेल्थ नर्स भुमिका निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार ६ महिना देखि १ बर्ष सम्मका ३ हजार ९ सय ४७ बालबालिकालाई भिटामिन ए र १ बर्ष देखि ५ बर्ष उमेर समुहका २६ हजार ६७७ जना बालवालिकालाई जुकाको औषधि खुवाइदैछ ।

८ वटा स्थानीय तह रहेको जिल्लामा गैँडाकोट नगरपालिकाका ४ हजार ८७४ मध्य ४ हजार १२२ जनालाई जुकाको औषधि र बाँकीलाई भिटामिन ए खुवाइदै छ ।

देवचुली नगरपालिकाका ३ हजार ८७१ मध्य ३ हजार ३२८ जनालाई जुकाको औषधि र बाँकीलाई भिटामिन ए, कावासोती नगरपालिकाका ५ हजार ५ सय ४८ मध्य ४ हजार ७५४ जनलाई जुकाको औषधि, मध्यविन्दु नगरपालिकाका ५ हजार ३२१ मध्य ४ हजार ६३३ जनलाई जुकाको औषधि , हुप्सेकोट गाउँपालिकाका ३ हजार ११३ मध्य २ हजार ७९८ जनालाई जुकाको औषधि, विनयी त्रिवेणी गाउँपालिकाका ३ हजार ६ सय ३४ मध्य ३ हजार २१५ जनालाई जुकाको औषधि र बुलिगटार गाउँपालिकाका २ हजार ३ सय ७४ मध्य २ हजार १३५ जनालाई जुकाको औषधि र बाँकीलाई भिटामिन ए खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई ले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड पालना सहित कार्यक्रम सुरु गरिएको भन्दै आफ्नो बालवालिकालाई कार्यक्रमबाट नछुटाउन आग्रह गर्नुभयो ।

Share.

Leave A Reply