गैँडाकोटमा भोलि ५ घण्टा विद्युत अवरुद्ध हुने

0

गैँडाकोट, मंसिर ११ । गैँडाकोट नगरपालिका वडानम्वर २ देखि ९ सम्मका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार ११ केभि गैँडाकोट फिडर अन्तर्गत पर्ने वडानम्वर २,३,४,५,६,७,८ र ९ नम्वर वडामा बिहान १० बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नारायणघाट बुटवल सडक बिस्तारका क्रममा थुम्सी क्षेत्रमा रहेका बाँकी रुखहरु काट्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो ।

काम सम्पन्न भए तोकिएको समय अवधि अघिनै विद्युत सेवा सुचारु ह्ुने केन्द्रले जानकारी दिएको छ ।

Share.

Leave A Reply