बिजय एफएमको समाचार प्रभाव ः समस्या रहेको गैँडाकोट ९ मा भोलि स्थलगत निरीक्षण गरिने

0

गैँडाकोट, मंसिर ११ । बिजय एफएम १०१ .६ मेघाहर्ज र विजय खवर साप्ताहिक पत्रिकाले विद्युतको तार लत्रिएर तथा बस्तीबाट तार लैजादा गैंडाकोट ९ का स्थानीयलाई भएको समस्या उठान गरेपछि समाधानका लागि तिव्र रुपमा काम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ठाडो निर्देशनमा काम तिव्र रुपमा अघि वढेको हो ।

जिल्लाले केन्द्रमा पठाएको फाइलमा तीन वटा कुरा आवश्यक परेको र त्यो काम भोलि सम्पन्न गरेर केन्द्रमा पठाउने कावासोती वितरण केन्द्रका प्रमुख मधुसुदन यादवले विजय एफएमलाई जानकारी दिनुभयो ।

आफूले केन्द्रमा फोन गरी फाइलको काम के भइरहेको छ भन्ने वारे बुझेको र तीनवटा आवश्यक काम सक्न बाँकी रहेकाले भोलि नै उक्त कार्य सकेर केन्द्रमा पठाउने उहाँको भनाई छ ।

ती तिन कुरामा अव विद्युतको लाइन लैजाने ठाउँमा कुनै अवरोध नहुने स्थानीयको सहमति पत्र, तार लैजाने ठाउँको स्थलगत फोटो र वितरण केन्द्र अन्तर्गतको गैडाकोट प्रशाखाको स्थलगत सानो मुचुल्का पठाएपछि फाइल स्वतीकृत हुने उहाँले बताउनुभयो । फाइल स्वीकृत हुनेवित्तिकै समस्या रहेको स्थलमा काम थाल्ने यादवले बताउनुभयो ।

Share.

Leave A Reply