एक दर्जन जति साहित्यिक कृतिका लेखक प्रा.डा.भीष्मराज प्रसाईको निधन

0

गैँडाकोट,मंसिर ११ । प्रा.डा.भीष्मराज प्रसाईको हिजो साँझ सात बजे मेडिसिटी इन्टरनेशनल हस्पिटलमा ८९ वर्षको उमेरमा निधन भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।
उहाँलाई मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते सो हस्पिटलमा भर्ना गरिएको थियो । डा. प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक हुनुहुन्थ्यो । साथै उहाँ त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक पनि हुनुहुन्थ्यो । प्रा.डा.प्रसाई चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र उपकुलपति पनि हुनुभएको थियो ।
प्रा.डा.प्रसाईका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् । उहाँ भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित हुनुहुन्थ्यो । साथै उहाँ राजपरिषदको सम्माननीय सदस्य पनि हुनुहुन्थ्यो । डा.प्रसाईका श्रीमती सुभद्रा प्रसाई, छोरीहरू डा.सिरू प्रसाई, सञ्जु शर्मा र छोरा डा.सगर प्रसाई हुनुहुन्छ ।

Share.

Leave A Reply