मञ्चका कार्यक्रम नहुदा पनि गीत, संगीतमा गायक गायिका राजेश र राशि

0


नवलपुर
लोकगित स्याङ्जा, नवलपुर आरआर युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिती नवलपुर कोषाध्यक्ष एवं गायिका राशी रिजाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिती स्याङ्जाका सचिव, गायक राजेश भण्डारीको संयुक्त प्रयासमा रहेको स्याङ्जा ,नवलपुर गीत सार्वजनिक भएको छ । आरआर युटुव च्यानल मार्फत संसार भर गीत एकै समयमा प्रसारण भएको छ ।
चर्चीत मोडल साया भण्डारी र नवलपुरका मोडल दिनेश पौडेलको उत्कृष्ट नृत्य साथै अभिनय रहेको छ साथमा अन्य कलाकारहरुले यस गीतलाई उत्कृष्ट बनाउन साथ दिनु भएको गायीका राशी रिजालले बताउनुभयो । उहाँले गीत,संगीतको मार्गमा थप सिढी उक्लिन आधार दिने भनेकै मेला,महोत्सव र अन्य मंचका कार्यक्रमहरु रहेपनि अहिले कोरोनाका कारण त्यो नसकेपनि गित संगितलाई सधै माया गरिरहन गित युटुव च्यानलमार्फत सार्वजनिक गरिएको बताउनुभयो ।
यस्तै गायक राजेश भण्डारीले कार्यक्रम रोकिए पछि हामी पनि आम्दानीको मार्गबाट रोकिए पनि आगामी दिनमा हाम्रा दर्शकलाई आफ्नो ब्यक्तिगत कारोबारमा राखेका केही रकमबाट गीत संगीत गरेर नयाँ गितको स्वाद चखाएको बताउनुभयो । उहाँले दर्शक र श्रोतको मायाको सधैव आशा गरेकाले यो गितलाई पनि माया गरिदिन आग्रह गरेको बताउनुभएको छ ।
यस गीतले बिशेष नेपालका ७७ जिल्लामा मात्र नभै परदेशमा पनि स्याङ्जा र नवलपुर जिल्लाको चिनारि दिएको छ ।

Share.

Leave A Reply