बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्यो, ३ जना बेपत्ता

0

चितवन, मंसिर ११ । चितवनको इच्छाकामना गाउँपालिका ४ पृथ्वीराजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशुली नदीमा खसेको छ ।

आज विहान साँढे ५ बजेतिर प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट करिव ५०/६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो । चालक सहित ४ जना सवार रहेकोमा ३ जना नदीमा बेपत्ता भएका छन् ।

वेपत्ता हुनेहरुमा चालक प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने बर्ष २३ को सुर्य के।सी, पौडी खेलेर वाहिर निस्कीएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्काका श्रीमती जमुना रोक्का र बिरामी छोरी बर्ष १५ की जिनिसा रोक्का रहेको र पिकअप भ्यान नदीमा नदेखिने अबस्थामा रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा खोजि कार्य जारी रहेको प्रवक्ता थापाले बताउनुभयो । पौडी खेलेर वाहिर आएका व्यक्तिको पुरानो मेडिकल कलेजमा मध्यम अवस्थामा उपचार भइरहेको छ ।

Share.

Leave A Reply