कोरोनाले थलिएको व्यवसायहरु उकास्न मेरो भूमिका रहन्छ, उम्मेदवारी त्यसैका लागि हो ः भट्टचन

0

गैँडाकोट, मंसिर १० । उद्योग वाणिज्य संघ नवलपरासी वर्दघाट सूस्तापूर्व जिल्ला संघ गैँडाकोटका संस्थापक एवम् वर्तमान अध्यक्ष अमृत भट्टचनले सम्पूर्ण व्यवसायीहरुको हितका लागि आफूले उम्मेदवारी दिएको बताउनु भएको छ ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै भट्टचनले कोरोनाले सवै क्षेत्रका व्यवसाय ठप्प रहनुका साथै व्यवसायि मारमा रहेकाले त्यसको उन्नति र व्यवसायीहरुको हितका लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो । लामो समय व्यवसाय क्षेत्रमै रहेकाले आफूलाई वास्तविक समस्या र पीडा सँगै चुनौति थाहा भएको बताउनुभयो ।

ति कुराहरुको पहिचान गर्दै सधैँ समाधान गर्ने तहमा कुरा उठाउने बताउनुभयो । भोलिदेखि सुरु हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधरण सभा तथा निर्वाचनका कार्यक्रमको तयारी लगभग पुरा हुने अवस्थामा रहेको भन्दै भट्टचनले व्यवसायिहरुले निर्वाचित गर्नेमा आशा राख्दै निरन्तर समितिमा व्यवसाय र व्यसायिका समस्याहरुलाई समाधानका लागि आवाज उठाइरहने बताउनुभयो ।

कुराकानी

https://www.facebook.com/vijayafm/videos/1022542291556185

 

Share.

Leave A Reply