खेतीयोग्य जमिन बाँझै, अरुको खेतमा अधियाँ गर्छन् जग्गाधनी

0


पवित्रा पराजुली
गैँडाकोट । हरेक खेतीबाली लगाउनका लागी सिँचाइ महत्त्वपूर्ण हुन्छ जहाँ सिँचाइको सुविधा राम्रो हुन्छ त्यहाँको बाली पनि निकै राम्रो हुन्छ । तर गैँडाकोट नगरपालिका क्षेत्रमा नै सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझो राख्न बाध्यछन् ।
गैँडाकोट १४ नगरटाडीका धनबहादुर माकिमको १५ कठ्ठा खेतीयोग्य जमिन छ तर माकीमले अरुको जग्गा अधियाँ (जमिनको उब्जनी कमोतवाला र र जग्गावालाले आधा आधा बाँडी लिने कबोलमा गरिएको खेती वा त्यस्तो उब्जनीको आधाभाग) मा लिएर खेतीगर्नुहुन्छ । कारण हो, गाउँमा सिँचाइ नहुनु ।सिँचाइअभावका कारण गाउँका अधिकांश बारी बाँझै छन् । हिउँदको समयमा लगाएको बाली पनी राम्रो हुदैँन । सोही कारण वर्षभरि खाने अन्न जुटाउन यहाँका स्थानीय अरुको खेतमा अधियाँ गर्नुपर्ने बाध्यता छ । आफ्नै घरवरीपरीको खेतीयोग्य जमिन बाँझै राखेर अरुको जग्गामा खेती गर्नुपर्दाको पीडा सम्हालिनसक्नु छ । माकिम भन्नुहुन्छ–“वरिपरीको जग्गा बाँझो देख्दा रुन मन लाग्छ, यहाँ सिँचाइ हुने हो भने ६० मुरीसम्म धान उत्पादन हुन्छ तर अहिले धान किनेर खानुपर्छ ।”
आवश्यक सिँचाइ गर्न नपाएपछि गाउँका सबै अर्काकोमा खेती गर्न पुग्छन् ।२०६० सालमा आएको बाढिले पानी आउने नहर बगाएपछि यहाँका खेतीयोग्य जमिन बाँझै भएका हुन्न । वर्षौं पहिलेसम्म ३ खेती गर्ने यहाँका स्थानीय अहिले एकखेतीमा चित्त बुझाउन बाध्यछन् ।स्थानीयटीकामाया गाहा मगर पनि नगरटाँडीमा भएको आफ्नो ९ कठ्ठा जमीन बाझै छाडेर अर्काको जग्गामा खेतीगर्नुहुन्छ । उहाँको गुनोसो पनि उस्तै छ, सिँचाइ अभाव । गाउँमा सिँचाइ नभपछि उहाँ धान खेतीका लागि मात्र अर्काकोमा ६ कठ्ठा अधियाँ लिनुभएको छ तर यसले पनि वर्षभरि खानपुग्दैन । न त गरेको लगानीअनुसार नै आम्दानी हुन्छ ।
खानेपानीका लागि प्रयोग हुँदै आएको धाराबाट पानी प्रयोग गर्दै सामान्यरुपमा यहाँका स्थानीयले जेनतेन तरकारी खेती भने गर्दै आएका छन् । अन्य खेतीका लागी किसान आकाशको पानी कुरेर बस्नेगर्छन् ।स्थानीय खडानन्द कंडेल खानेपानीको प्रयोग गरेर हिउँदको समयमा तरकारी लगाउने गर्नुहुन्छ तर अन्य खेती गर्न भने आकाशको पानी कुर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
सिँचाइका कारण उठिबास नै हुन थालेपछि अहिले यहाँ झराही खोलाको पानी सिँचाइका लागि लाने योजना बनेको छ । सिँचाइका लागिनगरटाँडी जल सिँचाइ योजना समिति गठन गरी प्रक्रिया अघि बढाइएको छ । समितिको संयोजन धनबहादुर माकिमले गर्दै हुनुहुन्छ । आफ्नै खेतबारी भएर पनि सिँचाइ अभावमा अरुको खेत अधियाँ गरेर कमाउनु पर्दाको कामबाट स्थानीयले उन्मुक्ति खोजेका छन् । त्यसको विकल्प सिँचाइबाहेक अरु हुन नस्कने उनीहरुको तर्क छ ।

Share.

Leave A Reply