चितवनको कालिका नगरपालिका ५ को एकघरमा आगलागि

0

चितवन, मंसिर ९ । चितवन जिल्ला कालिका नगरपालिका वडानम्वर ५ मा रहेको हिमबहादुर अधिकारीको घरमा आगलागी भएको छ ।

हिजो साँझ करिव ७ बजेर ४० मिनेटमा आगलागी भएको स्थानीय शिवालय टोल विकास संस्थाका अध्यक्ष आशिष भट्टराइले जानकारी दिनुभयो । राति करिव १० बजेर १७ मिनेट तिर आगो नियन्त्रणमा आएको थियो । अचानक आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको र पशु चौपायमा क्षती पुगेको वडाअध्यक्ष जियन महतोले बताउनुभयो । दमकल ढिलो पुग्नाले क्षती बढि भएको र एउटा गाईको बाच्छी पनि मरेको छ ।

आज विहान वडाअध्यक्ष, प्रहरी र स्थानीयवीच बसेर मुचुल्का उठाउने बताइएको छ । करिव साँढे २ लाख बढि क्षती भएको भट्टराइले जानकारी दिनुभयो । काठ नै काठले बनेको घर भएकाले पनि आगो नियन्त्रणमा समस्या भएको थियो ।

आगोले नजिकै रहेको अर्को घरमा पनि केही क्षती पुर्याएको छ ।

Share.

Leave A Reply