गैँडाकोट नगरशिक्षा समितिद्धारा विद्यालयहरुको निरीक्षण

0

तस्बिर ः गोविन्द रिमाल

गैँडाकोट, मंसिर ७ । गैडाकोट नगरपालिका शिक्षा समितिका अध्यक्ष एवम् नगर प्रमुख छत्रराज पौडेल सहितको समूहले आज नगरभित्रका विद्यालयहरुको अनुगमन गरेको छ । विद्यालय संचालन तथा बन्द गर्ने अधिकारी केन्द्र सरकारले स्थानीय सरकारलाई दिएपछि अनुगमन गरिएको हो ।
यस अघि नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेको थियो । छलफलमा सहभागी अधिकाँश प्रधानाध्यापकहरुले विद्यार्थीहरुको भौतिक उपस्थितीमै कक्षा संचालन गर्न सुझाव दिएको यस अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले जानकारी दिनुभएको थियो ।
सोही अनुसार शिक्षा समितिले निर्णय गर्नुअघि विद्यालयको अवस्था कस्तो छ र कक्षा संचालन कसरी गर्न सकिन्छ भन्ने थाहा पाउन आज विद्यालयहरुको निरीक्षण गरिएहो हो । विद्यालयहरुको निरीक्षण सकिएपछि अभिभावकसँग पनि छलफल गर्ने नगरप्रमुख पौडेलले बताउनुभयो । त्यसपछि मात्रै विद्यालय संचालन कसरी गर्ने भन्ने निर्णयमा पुग्ने उहाँको भनाई छ ।

Share.

Leave A Reply