१ लाख १० हजार ५ सय मूल्य बराबरको अवैध मालसामान बरामद

0

गैँडाकोट, मंसिर ७ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले १ लाख १० हजार ५ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार भारतिय सिमावर्ती बाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको लेडिज सल, लेडिज सुटको थान कपडा, कांसको दियो, साडी, स्विटर, प्लाजा, लेडिज सुट, लेडिज कुर्ता लगायतका अबैध मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाऊपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको हो ।

मोटरसाईकलमा राखि ती सामानहरु ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको लामाले बताउनुभयो । बरामद मालसामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

Share.

Leave A Reply