टाँडीचोकमा फेला परेको शंकाष्पद बस्तु बम नभएको पुष्टि

0

चितवन, मंसिर ७ । रत्ननगरको टाँडीचोकमा निर्माणाधिन आकासे पुलमा फेला परेको शंकाष्पद वस्तु प्रहरीको सहयोगमा नेपाली सेनाले डिस्पोज गरेको छ ।

विहान ७ बजे फेला परेको शंकाष्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले ५ घण्टा पछि डिस्पोज गरेको जिलला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो । डिस्पोजका क्रममा बम जस्तो देखिने गरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको थापाले बताउनुयभो।

बिहान ७ बजेको समयमा आकाशे पुलमा नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको सातौ पार्टी पुनर्गठन दिवस भव्य मनाऔं’ लेखिएको व्यानरमा डोरीमा झुन्ड्याइएको अवस्थामा तीन वटा संङ्कास्पद बस्तु फेला परेको थियो ।

शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको थियो । शंकाष्पद वस्तु फेला परेपछि करिब ५ घण्टा पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको थियो ।

Share.

Leave A Reply