सारिका फाउण्डेशन नेपालद्धारा एम्बुलेन्स सेवा शुभारम्भ ।

0


पबित्रा पराजुली ,गैँडाकोट
सारीका फाउण्डेशन नेपालले शुक्रबार एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ । गैँडाकोट १४ मा रहेको सो संस्थाले बिशेषगरी अपागं र अशक्त नागरिकका लागी एम्बुलेन्स सेवा शुभारम्भ गरेको संस्थाका अध्यक्ष बिक्रम सिहं ठकुरीले बताउनुभयो ।


विभिन्न सामाजिक व्यक्तित्वहरुको सहयोगमा संस्थाले एम्बुलेन्स खरिद गरिएको हो । सारीका फाउण्डेशले अगामी दिनमा शववाहन पनि संचालनमा ल्याउने योजना रहेको संस्थाका अध्यक्ष ठकुरीले बताउनुभयो ।

त्यस्तै कार्यक्रम प्रमुख अतिथी गैँडाकोट नगरपालीका प्रमुख छत्रराज पौडेलले एम्बुलेन्स सेवा सुचारु गर्नु सामाजिक कार्य भएकाले यस्ता कार्यमा सबैको सहयोग र सहकार्य हुन आवश्यक रहेका बताउनुभयो ।


त्यस्तै गैँडाकोट १४ की वडा अध्यक्ष कोकीसरा राना मगरले सारीका फाउण्डेशन गरेको कामको प्रसंशा गदैँ वडाको सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा गरिब तथा अशक्त १४ जना बालबालिका र ९९ बर्षका एक बृद्धलाई सम्मान गरिएको थियो ।

Share.

Leave A Reply