समुन्नती टोल विकास संस्थाको चौंथो साधारण सभा तथा दोस्रो अधिवेसन सम्पन्न

0


मंसिर ६, गैंडाकोट । गैंडाकोट ५ मा रहेको समुन्नती टोल विकास संस्थाको चौंथो साधारण सभा तथा दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले सरोजप्रसाद कंडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीदेवी कंडेल सापकोटा, सचिवमा तुलसीराम सापकोटा, कोषाध्यक्षमा रिता थापा आले मगर, सह सचिवमा अनिता परियार चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा देवी पौडेल, प्रेम शर्मा, प्रेम सापकोटा, कलाधार रिजाल, भगवती गिरी र केदार सापकोटा रहनुभएको छ । निर्वाचन समितिमा ओमप्रसाद सापकोटा, गोपालप्रसाद कंडेल र भुमिश्वर सापकोटा रहनुभएको थियो ।

यसअघि साधारण सभामा बोल्दै गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले टोलको विकासका लागि प्रतिवद्ध रहेको बताउँदै टोल सरसफाईमा सबैले सक्रियता देखाउनुपर्ने बताउनुभयो । सो अवसरमा ८४ पुजन गरेको टिकाराम सापकोटा र गंगा सापकोटालाई सम्मान गरिएको थियो भने कक्षा १२ उतिर्ण गरेका टोलका ३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष टिकाराम कंडेल, महिला टोल सञ्जालका अध्यक्ष ईन्दिरा रिजाल, बाल क्लबका अध्यक्ष पूर्णिमा श्रेष्ठ, अपाङ्ग संघ गैंडाकोटका अध्यक्ष कृष्ण सुवेदी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भुमिश्वर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply