नेकपा गैंडाकोटको रक्तदान कार्यक्रममा १५१ जनाद्वारा रक्तदान

0


मंसिर ६, गैंडाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गैंडाकोट नगर कमिटि र पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैंडाकोट २ भृकुटी चोकमा भएको रक्तदान कार्यक्रममा ९ महिला सहित १५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवम् नेकपा नगर कमिटि अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनुभयो । रक्तदान उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले कम्युनिष्ट पार्टीले सर्वहारा वर्गको समानता र न्यायका पक्षमा जहिले वकालत गर्ने गरेको बताउँदै पार्टी सामाजिक कार्यमा अग्रपंत्तीमा रहेको बताउनुभयो । रक्तदान जस्तो महान कार्यमा गैंडाकोटका कार्यकर्ताले देखाएको चासो र उत्साहको उहाँले प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले कोभिडका कारण अभाव रगतको मागलाई पुर्ती गर्न यस रक्तदान कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय सदस्य तिर्थ घिमिरे, रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रगतको महत्त्व र आवश्यकता बारे प्रकाश पार्नुभएको थियो ।

रक्तदान कार्यक्रममा नेकपाका जिल्ला सचिव मित्रशरण शर्मा ‘बिहानी’, संविधान सभा सदस्य कृष्ण पौडेल लगायत, प्रदेश सचिवालय सदस्य धनप्रसाद सापकोटा, नवलपुर जिल्ला कार्यालय सदस्य यमुनाथ आचार्य, जिल्ला सचिवालय सदस्य ज्ञानहरी पौडेल, युवासंघ नवलपुरका संयोजक कृष्ण कंडेल लगायत जिल्ला तथा स्थानीय नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा नगर कमिटि अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण नगर कमिटिका सचिव श्याम सुन्दर लामिछानेले गर्नुभएको थियो ।

 

Share.

Leave A Reply