आज हल्का पानी पर्ने

0


मंसिर ६, गैंडाकोट । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । यस्तै दिउँसोको समयमा बादल लागे पनि चिसो बढेको छ । सूर्यका किरण बादलले छेकिदिने हुँदा दिउँसोको समयमा बादल लागेमा चिसो बढ्ने मौसमविद् अर्यालले बताउनुभयो ।
दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

Share.

Leave A Reply